युरोकप छनोट:बेल्जियमको शतप्रतिशत जित

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० को समूह चरणको अन्तिम खेलमा बेल्जियमले शानदार जित निकालेको छ।

मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो।

बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे। बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो।

खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो।

त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए।

ब्रोईनले ३५ औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे।

४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितीमा पुर्याएका थिए। ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे।

क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो।

६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाउने काम गरे।

रोबर्टो मार्टिनेजको टिम बेल्जियमले युरो छनोटमा ४० गोल गर्न सफल रह्यो। र सबै १० खेलमा जित हासिल गर्यो।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो। उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो।

साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो।

प्रकाशित मिति: : 2019-11-20 07:13:52

प्रतिकृया दिनुहोस्