गढीमाईको मेलामा आउने भक्तजनलाई राख्न १० दिन विद्यालय बन्द

बिएल

महागढीमाई नगरपालिकाका सबै सरकारी विद्यालयहरु १० दिन बन्द गरिने भएको छ। गढीमाईको मेलालाई लक्षित गरि विद्यालयहरु १० दिनका लागि बन्द गरिन लागेको हो।

मंगलबार महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गते देखि २० गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौ लाख भक्तजनहरुको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए।

भौतिक पूर्वाधारका कारण विद्यालयमा नै सुरक्षाकर्मीहरुको व्यवस्थापन, स्वयसेवक, परिचालन तथा मेलाका अन्य तयारीहरु समेत विद्यालयमा नै गर्नुपर्ने बाध्यता भएकाले बिदा दिनुपरेको मेयर यादवले बताए ।

पञ्चिबर्षिय बरियारपुरको गढिमाई मेला यहि मंसिर १ गते देखि एक महिनासम्मका लागि सुरु भएको छ। यस मेलामा नेपाल भारतसहित तेश्रो मुलुकबाट समेत दशनार्थीहरु आउने गरेका छन्।

मेलामा करिब ७० लाख भन्दा बढी भक्तजनहरु आउने अनुमान रहेको मेला व्यवस्थापन मुल समितिका महासचिव मोतिलाल कुशवाहाले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-19 21:49:12

प्रतिकृया दिनुहोस्