अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १३,२२९ !

नेपालमा खासगरी काठमाडोैं, विराटनगर, पोखराजस्ता ठूला सहरका अमेरिकी उच्च शिक्षाको क्रेज देख्दा लाग्दा लाग्छ अमेरिकामा लाखौं नेपाली विद्यार्थी होलान् । आइएल्स, टोफेल, स्याट, जीआरई आदिको चक्कर अनि एजुकेसन कन्सल्ट्यान्सीको घनचक्कर देख्दा यस्तो लाग्नु स्वभाविकै हो । 

तर, तथ्यांकले भने त्यस्तो देखाएको छैन। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा अहिले १३ हजार दुई सय २९ जना नेपाली विद्यार्थी मात्र अध्ययनरत रहेका छन् ।

अमेरिकी सरकारको तर्फबाट इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशनले जारी भएको यो आधिकारिक तथ्यांक हो। यो इस्टिच्युट अमेरिकाको विदेश मन्त्रालयको सहयोगमा स्थापित संस्था हो ।    

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएयता उनको आप्रवासी विरोधी छवि र नीतिका कारण विदेशी विद्यार्थीको ग्राफ निरन्तर ओरालो लागिरहेको छ । नेपाल पनि त्यसमा अछुतो नरहेको मात्र हो ।

प्रतिवेदनमा अमेरिका पढ्ने नेपाली विद्यार्थीको संख्यामा गिरावट आएको उल्लेख छ। प्रतिवेदनमा गत शैक्षिक सत्रको तुलनामा यस शैक्षिक सत्रमा ०.३ प्रतिशतले नेपाली विद्यार्थीको संख्यामा कमी आएको हो। गत वर्ष नेपाली विद्यार्थीको संख्या १३ हजार दुई सय ७० थियो।

प्रतिवेदनमा नेपाली विद्यार्थीमध्ये अण्डरग्रयाजुयटमा सात हजार चार सय ७१, ग्रयाजुयटमा चारहजार ३७, नन-डिग्रीमा एक सय २७ र डिग्रीमा एक हजार पाँच सय ९४ जना विद्यार्थी रहेको पनि प्रतिवेदनमा उल्लेख छ छ। 

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएयता उनको आप्रवासी विरोधी छवि र नीतिका कारण विदेशी विद्यार्थीको ग्राफ निरन्तर ओरालो लागिरहेको छ । नेपाल पनि त्यसमा अछुतो नरहेको मात्र हो ।

प्रकाशित मिति: : 2019-11-19 18:56:01

प्रतिकृया दिनुहोस्