वीरगञ्जमा मनाईयो अन्तराष्ट्रिय पुरुष दिवस

बिएल

'महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता' भन्ने नाराका साथ वीरगञ्जमा अन्तराष्ट्रिय पुरुष दिवसको अवसरमा र्‍याली निकालिएकाे छ।

गत वर्ष यौन दुव्र्यवहारमा बालक पनि पर्दछन् भन्ने नाराका साथ पहिलोपटक नेपालमा अन्तराष्ट्रिय पुरुष दिवस मनाइएको थियो।

हामी दाजु र दिव्य युवा क्लब नामक संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय पुरूष दिवस ञ्याली कार्यक्रम बिकास समाज,पर्सा , माईती नेपाल , वीरगञ्ज युवा समाज, बाल अधिकार सम्बर्द्धन अभियान समिति, भिजिट मधेश, कालिका टाईम, वीरगञ्ज उपडेट, रोटरी क्लब लगायत संस्थाले र्‍यालीकाे आयोजना गरेका हुन्।

जसरी महिला दिवस हाम्रा आमा, दिदीवहिनीप्रतिको सम्मानको दिवस हो त्यसरी नै पुरुष दिवस हाम्रा जीवनमा देखिएका असल पुरुषहरुप्रतिको सम्मानको दिवस हो भन्ने भाव जगाउन र्‍यालीकाे आयोजना गरिएको आयोजकले बताए।

'पित्तृसत्ता र पुरुसत्व जस्ता विषयले जसरी महिलालाई गाँजेको छ त्यसै गरी पुरुष र बालकहरु पनि यसका कारण समस्यामा छन्।', बाल अधिकारकर्मी जया साहले भने, 'लैंगिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यबद्दता, लैंगिक असमानताका कारण पुरुष र बालकमाथि परेको असर र समाजमा पुरुष र बालकहरुले गरेका सकारात्मक कामहरुको बारेमा चर्चा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।'

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की प्रमुख अतिथित्यमा सम्पन्न कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फ ,वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं , समाज सेवी जलेश्वर सरार्फ, धर्मेन्द्र पटेल , कोपिला चौलागाईं , डिएसपी ,पर्साका अध्यक्ष राहुल साह लगायत १०० जनाको उपस्थित रहेको थियो।

प्रकाशित मिति: : 2019-11-19 12:40:27

प्रतिकृया दिनुहोस्