पूर्वकप्तान पारस सम्मिलित टिम आबुधाबीको पहिलो हार

तस्बिरः एजेन्सी

युएईमा जारी टी १० क्रिकेट लिगमा पूर्वकप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले पहिलो हार व्यहोरेको छ।

शेख जायद स्टेडियममा सोमबार भएको खेलमा आबुधाबी मराठा अरेबियन्ससँग २४ रनले पराजित भएको छ।अरेबियन्सविरुद्ध पारस भने मैदान उत्रिएनन । अघिल्ला दुई खेल खेलेका पारसलाई तेस्रो खेलमा बेन्चमा राखिएको थियो।

अरेबियन्सले दिएको १ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा ३ विकेट गुमाएर १ या १४ रन मात्र बनाउन सक्यो।

आबुधाबीका लुक राइट्सले अविजित ४० रन जोडे। यस्तै लेविस ग्रेगोरीले अविजित २३ रन बनाए। यस्तै कप्तान मोइन अलीले ३१ तथा निरोशन डिक्वेलाले १५ रन बनाए।

अरेबियन्सका हसरंगा डी सिल्भा र मिचेल मेकक्लेनघनले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो।

अरेबियन्सका लागि कप्तान क्रिस लिनले अविजित रहदै ९१ रनको योगदान दिए। यस्तै एडम ल्याथले ३० रन बनाए।

आबुधाबीका बेन लुन्घलिन र मर्चान्ट डी लांगेले एक एक विकेट लिए ।

यो हारसँगै समूह बीको आबुधाबीले ३ खेलमा ३ अंक जोडेको छ। अरेबियन्सको यो दोस्रो जित हो। अरेबियन्सले ३ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-11-19 07:43:25

प्रतिकृया दिनुहोस्