मेसीको पेनाल्टी गोलसँगै हारबाट जोगियो अर्जेन्टिना

तस्बिरः एजेन्सी

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिना बरारबीमा रोकिएको छ।

सोमबार राति उरुग्वेसंँग भएको खेलमा अर्जेन्टिनाले २–२ को बराबरीमा रोकिएको हो।

खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो।

पहिलो हाफ १–० मा सकिएको खेलमा दोस्रो हाफ थप ३ गोल भए।

सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए।

लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अग्रता दिलाए ।

तर हारतर्फ उन्मुख अर्जेन्टिनालाई लिओनल मेसीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाए।

अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।

प्रकाशित मिति: : 2019-11-19 07:31:22

प्रतिकृया दिनुहोस्