अमेरिकाको ओक्लोहामामा गोलीबारी : वालमार्ट पार्किङमा दुई मारिए

अमेरिकाको ओक्लोहामा राज्यको एक वालमार्टको पार्किङमा भएको गोलीबारीमा दुईजना मारिएका छन्।

घटना सोमबार डंकनस्थित वालमार्टमा भएको स्थानीय डंकन प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले आफूलाई गोली हान्नुअघि कारमा रहेका दुईजनालाई मारिदिएका थिए। 

एक प्रत्यक्षदर्शीले गोली हान्ने व्यक्ति पनि मरेको बताएका छन् । ती मारिएका मानिससँग उसको भनाभन भएको पनि उनले बताए।

घटनाको विस्तृत विवरण आएको छैन। स्थानीय प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ।

प्रकाशित मिति: : 2019-11-19 00:47:14

प्रतिकृया दिनुहोस्