धारा नेपालगञ्ज म्याराथन: आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक सहप्रायोजक

बिएल

धारा नेपालगञ्ज म्याराथनलाई आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंकले सहप्रायोजन गर्ने भएको छ।

शान्ति, सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मंसिर ७ गते शनिबार हुन लागेको म्याराथनलाई केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तोरीको तोलले यसअघि नै प्रयोजन गरिसकेको थियो।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ। त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ।

यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको आयोजकले जनाएको छ। यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।

खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ। अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ। कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन्। त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदै आएका छन्।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ।

 

प्रकाशित मिति: : 2019-11-18 18:31:40

प्रतिकृया दिनुहोस्