नेपालगञ्ज म्याराथन र केएल दुगड ग्रुपबीच सहकार्य

बिएल

नेपालगञ्ज म्याराथनले केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा शुद्ध तोरीको तेलसँग सहकार्य गरेकाे छ।

सरकार र तत्कालिन माओवादी विद्रोहीका बीचमा मंसीर ५ गते भएको बृहत शान्ति सम्झौताको सम्झनामा क्रियटिभ ह्याण्डस्, नेपालगञ्जले नेपालगञ्ज म्याराथन गर्दै आएको छ।

शान्ति, सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मंसिर ७ गते शनिबार हुन लागेको म्याराथनलाई केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धाराले प्रयोजन गर्ने भएको हो।

आइतबार एक कार्यक्रमकाबीच केएल दुगडका महाप्रबन्धक प्रदीपक कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहि न कहि तालमेल हुन आएकोले सम्झौता गरिएको आयोजकले बताएका छन्।

यसअघि नै आयोजकले जर्मनीमा बस्दै आएका धावक तीर्थ वलीलाई म्याराथनको अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिसकेको छ। नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन् ।

सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५र०६ मा १५०० मिटर (सिनियर दौड) मा तेस्रो भएका थिए। सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन्।

प्रकाशित मिति: : 2019-11-17 17:27:31

प्रतिकृया दिनुहोस्