६ सय ७८ वटा खसी-बोकासहित ६ जना पक्राउ

बिएल

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्‍वाटर राजश्व भन्सार सुरक्षा रुपन्देही डण्डाले भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा खसी–बोका सहित ६ जनालाई पक्राउ गरेको छ।

डण्डाका प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको देवदह नपा १ स्थित घोडाहामा चेकजाँजको क्रममा ३ वटा ट्रक ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ६ ख ६६४१ नम्बरको ट्रकमा लोड रहेको ६ सय ७८ वटा खसी–बोका नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नं. ३८ गुल्मका प्रमुख एंव प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीका अनुसार गाडी सहित बरामद खसी बोकाको मूल्य १ करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ।

पक्राउ परेका व्यक्ति, खसी बोका र गाडी भैरहवा भन्सार कार्यालयमा बुझाइएको उनले बताए।

 

प्रकाशित मिति: : 2019-11-17 15:03:33

प्रतिकृया दिनुहोस्