दाङमा विप्लव समूहले अत्याधुनिक हतियार छाडेर भागे

फाइल तस्बिर

दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न लागिएको अत्याधुनिक हतियार छाडेर नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्ताहरु भागेका छन्।

प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका – १ कालाकाटे क्षेत्रमा छापा हान्ने सूचना पाउना वित्तिकै विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

साहका अनुसार सुटकेशभित्र पात पतिङ्गरले छोपेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरिएको छ।

 यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-16 10:55:31

प्रतिकृया दिनुहोस्