टुँडिखेलको त्यो खरिबोट, त्यहीँ रोपिँदै नयाँ बोट

झण्डै सय वर्षअघि टुँडिखेलमा रहेको खरीको बोट। | तस्वीर:‘इमेज अफ सेन्चुरी’ पुस्तकबाट

काठमाडौं, कात्तिक २९ : शहरीकरणको चेपाइमा पर्दैगएको टुँडिखेलको ऐतिहासिकतासँग खरिबोटको सम्बन्ध प्रगाढ छ। 

अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने, ‘मैले बुझेअनुसार मध्यकालका मल्ल राजाको पालादेखि प्रयोगमा आएको थियो– टुडिखेल। राणाकालमा सरकारको उर्दी जारी गर्ने थलो थियो– टुँडिखेलको खरिबोट।’

राणा प्रधानमन्त्री चन्द्रशमशेरले दासप्रथा मुक्त भएको घोषणा पनि टुँडिखेलको यसै खरीबोटमा बनाइएको मञ्चबाट गरेका थिए। त्यसबेला कुनै पनि महत्वपूर्ण कामको घोषणा खरिबोट वरिपरि मञ्च बनाएर गर्ने चलन थियो।

अकुपाई टुँडिखेल अभियानमा संलग्न रहेका अशोकसिद्धि तुलाधर उक्त ऐतिहासिक खरिबोटलाई यसरी सम्झन्छन्, ‘चार जना शहीदमध्ये शुक्रराज शस्त्रीलाई जुद्ध शमशेर राणाले मृत्युदण्ड सजाय सुनाएको ठाउँ पनि त्यही खरीको बोट थियो। ’ 

प्रकाशित मिति: : 2019-11-16 07:48:11

प्रतिकृया दिनुहोस्