कार्तिक पुर्णिमाको अवसरमा मंगलबार बिहानैदेखि प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट लगायतका संगम स्थलहरुमा व्रतालुहरुले स्नान गरेका छन्।
श्रद्धालुहरुले आज बिहान बाराको त्रिवेणी, पसाह, वागमति, नुनथर लगायतका संगम स्थलहरुमा कार्तिक स्नान गरेका हुन्।
यसैबिच कार्तिक पुर्णिमाको अवसरमा बाराको करैयामाई गाउँपालकिामा रहेको करैयामाई मन्दिरमा सोमबारदेखि दुई दिने मेला लागेको छ ।
करैयामाई मेलालाई माछा मासुको मेला भएको भन्दै बारा, पर्सा लगायतका ठाँउबाट मेला अवलोकन गर्नेहरुको घुइचो लाग्ने गर्दछ । यसैगरी बाराको फेंटा गांउपालिका वडा नम्बर १ मा रहेको खैरातीमाई मन्दिरमा पनि मेला लागेको छ ।