भारत ‘सी’सँग नेपाली युवा टिम १० विकेटले पराजित

फाइल तस्बिर

नेपाली युवा टिमले यू–१९ च्यालेन्जर्स क्रिकेटमा भारत ‘सी’ टिमसँग हार ब्यहोरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले भारत ‘सी’ टिमसँग १० विकेटको फराकिलो अन्तरले हार ब्यहोरेको हो ।

११५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतीय युवा टिमले २२.१ ओभरमा विना विकेट लक्ष्य भेटायो ।

भारतका लागि अर्जुन अजादले ६७ रन बनाए । यता अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।

कुशल मल्लले २६ र शेर मल्लले १४ रन बनाए।

प्रकाशित मिति: : 2019-11-11 18:05:24

प्रतिकृया दिनुहोस्