निर्वाचन कार्यालय कास्कीले दियो चुनाव चिह्न, कुन उम्मेद्वारलाई कस्ता चिह्न ?

फाइल तस्बिर

उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले चुनाव चिह्न प्रदान गरेको छ ।

कास्की २ मा हुन लागेको उपनिर्वाचनको लागि आइतवार उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन कार्यालयले सोमबार उम्मेद्वारको चुनाव चिह्न प्रकाशन गरेको छ ।

उपनिर्वाचनको लागि २५ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएकोमा ३ जनाको नाम बदर भएको थियो भने स्वतन्त्र उम्मेद्वारमध्येका एकले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र हो ।

 

प्रकाशित मिति: : 2019-11-11 15:59:35

प्रतिकृया दिनुहोस्