शाओमीले ल्यायो १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन

चिनियाँ प्रविधि कम्पनी शाओमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले अत्यधिक मात्रामा स्पष्ट तस्बिर कैद गर्ने क्षमता राख्छ।

दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको उक्त फोन परीक्षणमा भने खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ।

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ।

 

प्रकाशित मिति: : 2019-11-06 08:00:41

प्रतिकृया दिनुहोस्