काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा हनुसार सम्बन्धित यातायात व्यवसायीसँगको छलफल गरि नयाँ नियम लागू गर्न लागिएको हो । नयाँ नियम अनुसार अब उपत्यका भित्रने टिपरले पछाडिको भागमा दुवैतिर प्रष्ट रुपमा देखिने गरि नम्बर प्लेट राख्नुपर्ने छ ।
यस्तै, ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ । यता टिपरको अगाडि पट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्ने महाशाखाले बताएको छ ।
यो नयाँ नियम १५ दिनभित्र लागू गरिने महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको 'हुड' पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।