अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म 'हाउसफुल-४' दिपावलीको मौकामा रिलिज भएको थियो ।
फिल्मको कमाईको कुरा गर्ने हो भने यसले सय करोडको आँकडा पार गरेको छ । कमाई अनुसार हेर्ने हो भने अक्षयको फिल्मलाई व्यावसायिक रुपमा हिट फिल्म भन्न सकिन्छ ।
तर यतिखेर फिल्मको टिम विवादमा परेको छ । 'हाउसफुल-४' ले एक हप्तामा करिब १३७ करोड भारु कमाइसकेको छ । तर सुरुमै मोटो कमाई देखाएको भन्दै फिल्म विवादमा फसेको थियो ।
यो आरोपलाई ठाडै अस्विकार गर्दै अक्षय कुमार भन्छन्, ‘हाउसफुल-४ का निर्माता फक्स डिज्नी हो र यो कुनै सानोतिनो कम्पनी होइन । यो फिल्मले करोडौं डलरको फिल्म बनाउँछ र उनका लागि 'हाउसफुल-४' कुनै ठूलो फिल्म त होइन जुन उनीहरुले पाँच करोडका लागि झुटो बोल्नेछन् ।’
अक्षय भन्छन्, ‘यस्तो कुनै पनि हालतमा हुँदैन । यस्ता खालका नकारात्मकताले ममाथि केही असर गर्दैन ।’