संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगका अभियोजनकर्ता सरकारी वकिल र महराको पक्षमा कानुन व्यवसायीहरूको बहस सुनिसकेपछि इजलासले यस्तो आदेश सुनाएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
महराविरुद्ध परेको मुद्दाको थुनछेक बहस आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको थियो। थुनछेक बहसको पहिलो दिन अभियोजनकर्ताको पक्षबाट बहस टुंग्याए पनि प्रतिवादी महराको पक्षबाट भने दुई जना वरिष्ठ अधिवक्ताले बहस गर्न भ्याएका थिए भने अन्यले बहस गर्नुपर्ने र समयको अभावले गर्दा इजलासले सोमबारलाई निरन्तरतामा राखेको थियो।