आन्द्रे गोमेजलाई घाइते बनाउने कुनै सोच थिएनः टोटेनहमका प्रशिक्षक

तस्बिरः एजेन्सी

टोटेनहमले मिडफिल्डर सन ह्युङ मिनले पाएको रातो कार्डको बिषय अपिल गरेको छ ।

प्रिमियर लिग फुटबलमा आइतबार सनको ट्याकलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले चोट बोकेका थिए ।

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्ना फरवार्डको गोमेजलाई घाइते बनाउने कुनै सोच नभएको बताएका छन् ।

'यो स्पष्ट छ कि समस्या सिर्जना गर्ने सनको कुनै मनसाय छैन । उनले रातो कार्ड खानु नसोचिएको बिषय हो ।' उनले भनेका छन् ।


गुडसिन पार्कमा गोमेजलाई गम्भिर चोट लागेपछि सन निकै चिन्तित देखिएको उनले बताएका छन् । 'योजनाबद्ध थिएन तर पहिला पहेलो कार्ड देखाएर रातो कार्ड दिनुले आश्र्चयमा पारेको छ ।,' उनले भने, 'यो सरासर गलत हो हामीले अपिल गर्ने छौं ।'

यदी अपिल असफल भएका सनले प्रिमियर लिगमा सेफिल्ड युनाईटेड, वेस्ट ह्याम र वर्नेमाउथविरुद्वको खेल गुमाउनेछन् ।

प्रकाशित मिति: : 2019-11-05 06:33:12

प्रतिकृया दिनुहोस्