भारतीय र्‍यापरको प्रेममा अदिती

तस्बिरः एजेन्सी

फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी भारतीय र्‍यापरको प्रेममा रहेको खुलासा भएको छ ।

बलिउडमा प्रवेश गर्नका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी उनी अहिले भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रमाइरहेकी छन् । शनिबार उनले इन्स्टाग्राममार्फत् आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी हुन् ।

 
 
 
View this post on Instagram

Good times ❤️ @aymoway

A post shared by Aditi B (@aditi_budhathoki) on



उनले इन्स्टामा प्रेमी मोरानीसँगको एक तस्विर सेयर गर्दै लभको इमोजी राखेर ‘गुड टाइम्स्’ भनेर लेखेकी छन् । तस्विरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन्

चकलेटी लुक्सका अलिमले अदितीसँगको तस्विर भने अहिलेसम्म सामाजिक सञ्जालमा सेयर गरेका छैनन् । तर, अदितीले उक्त तस्विर प्रेमीलाई इन्स्टामा मेन्सन गरेकी छन् ।

प्रकाशित मिति: : 2019-11-04 07:30:43

प्रतिकृया दिनुहोस्