जुम्लामा कस्तुरीको बिना सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पातारासी गाउँपालिका –४ लाम्डीका जोख बहादुर बुढा र भक्त बहादुर बुढा रहेका छन् ।
प्रहरी निरिक्षक राजेन्द्र चन्दको नेतृत्वको टोलिले उनिहरुलाई कस्तुरीको बिना सहित शनिवार राती पक्राउ गरेको हो ।
प्रहरीले आईतबार पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको छ।
उनीहरु दुबैजनालाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन्यजन्तु ऐन (२०२९ अनुसार वन कार्यालयले अनुसन्धान गरि कारबाहीको लागि अदालत पेश गरिने डिएसपी लाल बहादुर धामीले बताए।
तर, पक्राउ पर्नेका आफन्तका अनुसार जोख यार्सागुम्बा संकलको क्रममा पाटनमा गएका थिए। यस वर्ष पाटनमा भारि हिमपात भएको र हिमपहिरोमा परि मरेको कस्तुरीको बिना ल्याएर घरमा राखेका थिए। काननु नबुझेका उनले बिना आफूसँग भएको गाउँलेलाई बताउँदै हिडेको हुनाले प्रहरीले सोही अनुसार पक्राउ गरेको स्थानीयले बताएका छन् ।
अभियोग लागेका दुबैजनाको व्यापारिक पृष्ठभूमि नभएको समेत उनीहरुले बताए।