कास्की २ मा राप्रपाबाट रोमबहादुर भण्डारी उम्मेदवार

फाइल तस्बिर

मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

राप्रपाको आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नै कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी र समाजवादीबाट धर्मराज गुरुङ फाइनल भई सकेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।

यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने चाँडै उम्मेद्वारको टुंगो लगाइने राप्रपाले विज्ञप्ती मार्फत जनाएको छ ।

त्यस्तै रिक्त स्थानीय तहहरु अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको राप्रपाले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरिएको छ । जस अनुसार अध्यक्ष कमल थापा प्रतिनिधिसभा अन्तर्गत कास्कीको क्षेत्र नं. २ मा सहभागि हुने पचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाकारी दिए ।

प्रकाशित मिति: : 2019-11-03 17:30:50

प्रतिकृया दिनुहोस्