मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

फाइल तस्बिर:बिएल

सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको१९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

तर,प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो ।

प्रकाशित मिति: : 2019-11-03 14:20:06

प्रतिकृया दिनुहोस्