प्रधानमन्त्री ओली डायलाइसिस गर्दै, मन्त्रिपरिषद बैठक फेरि सर्‍यो

फाइल तस्बिर:बिएल

आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद बैठक सरेको छ । तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएपछि बैठक सरेको हो ।

स्रोतका अनुसार बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ ।तर, समय भने अझै टुंगो लागेको छैन् ।

बालुवटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली आइतबार बिहान नौ बजे बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो डायलाइसिस गरिएको थियो ।

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर डायलासिस गरिएको थियो ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभएको बताएका थिए । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: : 2019-11-03 12:10:40

प्रतिकृया दिनुहोस्