पुरुषबिहीन बन्दै रोल्पाका गाउँ : महिलालाई हलो जोत्नदेखि घर व्यवहार धान्नमै भ्याइ-नभ्याइ

रोल्पा- युवा जनशक्ति विदेशिएसँगै रोल्पामा जेष्ठ नागरिक र महिलाहरूमा कामको बोझ थपिएको छ। घर बाहिरको काममा सघाउ पुर्‍याउँदै आएका पुरुषहरू रोजगारीका लागि विदेशिएसँगै महिलाहरूमा दोहोरो कामको बोझ थपिएको हो। 

दसैं सकिए लगत्तै अधिकांश घरधुरीका वृद्धवृद्धा र महिला खेतबारीमा देखिने गरेका छन्। धान, मकै भित्र्याउने लगायत खेतबारीका काममा समेत महिलाहरू व्यस्त छन्। 

कतिपय महिलालाई हलो जोत्नदेखि घर व्यवहारको सम्पूर्ण काम गर्न भ्याइनभ्याइ छ। 

‘घरको काममा फुर्सद नपाउने महिलाहरू खेतिपाती गर्ने र हलो जोत्ने सबे काम आफैं गर्छन्। उनीहरूमा कार्यबोझ थपिएको छ,’ महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्।

बिहान उठेदेखि बेलुकासम्म काममै जोतिनु पर्दा महिलाहरूमा शारिरीक तथा मानसिक समस्या हुने गरेको आचार्या बताउँछन्।

प्रकाशित मिति: : 2019-11-03 09:10:17

प्रतिकृया दिनुहोस्