क्रिकेटको मैदानमा अभिनेता शाहिद कपुर

तस्बिरः एजेन्सी

पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर तेलुगू फिल्म ‘जर्सी’को हिन्दी रिमेकको लागि कडा परिश्रम गरिरहेका छन् ।

शाहिदले यस रिमेक फिल्मको आफ्नो भूमिकाको न्याय गर्नका लागि क्रिकेट कोचिङ पनि सुरु गरिसकेका छन् ।

भारतीय मिडिका अनुसार आफ्नो भूमिकाको न्याय गर्नका लागि उनले काचिङ लिइरहेका छन् ।

अर्को महिनाबाट यो फिल्मको सुटिङ चण्डीगढबाट सुरु हुनेछ । शाहिदको क्रिकेट ट्रेनिङको तस्बीर पनि सार्वजनिक भइसकेको छ । तस्बीरमा शाहिद क्रिकेटर जस्तै देखिएका छन् ।

‘जर्सी’ फिल्मलाई गौतम तिन्नाउरीले निर्देशन गर्दैछन् । यो फिल्म अर्को वर्षको २८ अगष्टबाट दर्शकमाझ रिलिज हुने बताइएको छ ।

प्रकाशित मिति: : 2019-11-03 07:35:27

प्रतिकृया दिनुहोस्