कलंकी-चाबहिल चक्रपथ विस्तार : आकासे पुल, प्रहरी भवनसहित ४० घर भत्किने

Photo Credit : Annapurna post

कलंकी-चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका करिब ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो। चीनले विस्तार गर्ने भनिएको यस सडकमा ‘राइट अप वे’ क्लियर नभएसम्म चिनियाँ कम्पनीले डीपीआर तयार नगर्ने भएको छ।

चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो। उक्त सडक (कलंकी - चाबहिल ) अहिले ३० मि.को चौडाइमा फैलिएको छ। तर, अब सडकको मध्यभागबाट दायाँ ३१ र बायाँतर्फ ३१ मिटर गरी जम्मा ६२ मिटरको चौडाइमा विस्तार हुनेछ। उक्त क्षेत्रमा भएका करिब ४० वटा घर सडक विभागले हटाउनेछ।

अहिले राइट अप क्लियरका लागि सडक विभागमार्फत उपत्यका विकास प्राधिकरणले पहिलो चरणमा लगत संकलन गर्ने गरिरहेको छ। प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांकमा निजी आवास, नेपाल पुलिसको भवनको केही भाग, नेपाल कुष्ठरोग निवारण संस्थाको भवन, पेट्रोल पम्प, गोंगबु नयाँ बसपार्कको आकासे पुललगायत संरचना हटाउनुपर्ने देखिएको छ। साथै, एघार किलोमिटर आसपासमा भएका बिजुलीका पोल पनि हटाइनेछ।

प्रकाशित मिति: : 2019-11-02 16:51:25

प्रतिकृया दिनुहोस्