चौरसियाको हत्या गर्न भारतीय ‘सार्प-सुटर’लाई ‘सुपारी’

वीरगंज : गत कात्तिक ८ गते मृत फेला परेका वीरगंज महानगरका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्यामा अग्रवाल दम्पत्तीको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार वीरगंज माइस्थानका व्यवसायी दीपककिशोर अग्रवाल र उनकी श्रीमती निधी अग्रवालको योजनामा चौरसियाको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

‘अनुसन्धान चलिरहेको छ, हिजै ९ दिनका लागि दुवैको म्याद थप भएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘चौरसियाको हत्यामा अग्रवाल दम्पतीको संलग्नता चाहिँ निश्चित भइसकेको छ।’

हत्या किन गराइयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको स्रोतले बताएको छ। हत्यामा संलग्न अन्य अभियुक्तलाई नियन्त्रणमा लिन पर्सा प्रहरीको प्रयास जारी छ। एक साताभित्र सबै अनुसन्धान पूरा हुने प्रहरीको दाबी छ।

प्रकाशित मिति: : 2019-11-02 15:54:32

प्रतिकृया दिनुहोस्