साहसी ज्ञानमाला – जो सम्पती सकेर सगरमाथाको शिखरमा पुगिन्

बुटवल –हिमाल आरोहण गर्न आँट, साहस र हिम्मत  चाहिन्छ ।

नेपालको पहिलो सगरमाथा आरोही पासाङ ल्यामु शेर्पा विश्वको सर्वोच्च शिखर चढ्दा कपिलवस्तुकी कुमारी ज्ञानमाला रन्पाललाई पनि हिमाल चढने मोह थियो । 

साहसी र हक्की स्वभावकी उनलाई घरको पारिवारिक अवस्थाका कारण युवा अवस्थामा त्यो सोच पूरा गर्न सकिनन् । आर्थिक अवस्था घरको कमजोर नैं थियो । २०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।

बुटवलमा प्रहरीमा जागिर खुलेको कसैले उनलाई सुनाए । उनी बुटवल आइन् । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भर्तीको लागि प्रतिष्पर्धा गरिन् । उत्तीर्ण पनि भइन् । मुलुक द्वन्द्वमा थियो । चार वर्ष प्रहरीमा जागिर पनि गरिन् । त्यसपछि २०६० सालमा उनी प्रहरीको जागिर छाडेर बसिन् । सरकारी जागिर छाडेर सगरमाथा चढछु भन्दा उनलाई सबैले गाली गरे । त्यसलाई उनले नजरअन्दाज गरिन् ।

प्रकाशित मिति: : 2019-11-02 15:41:17

प्रतिकृया दिनुहोस्