दाङको क्षेत्र नम्बर ३ (ख)मा साझा पार्टीबाट चौधरी उठे

बिएल

आउँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा साझा पार्टीले दाङको क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा उम्मेदवारमा शिवकुमार चौधरीलाई उठाउने निर्णय गरेको छ ।

चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय भएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

तत्कालीन एमालेको तर्फबाट विजयी हुभएका प्रदेश सांसद उत्तरकुमार ओलीको निधनपछि यो क्षेत्र रिक्त भएको थियो । अन्य दलले उम्मेद्वार टुंगो नलगाउँदै साझा पार्टीले दाङमा आफ्ना उम्मेद्वार तय गरेको हो ।

यसअघि साझा पार्टीले कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशको उम्मेदवार घोषणा गरिसकेको छ ।

साझाले अब बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

प्रकाशित मिति: : 2019-11-02 15:09:14

प्रतिकृया दिनुहोस्