प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्

काठमाडौं मेयर विद्यासुन्दर शाक्यले पाँचवर्षे कार्यकालको आधा समयमा सम्झनलायक केही गरेनन्। बरू नगर्नुपर्ने काम गरेर बढ्ता विवादमा घेरिए।

रानीपोखरी मासेर स्विमिङ पुल बनाउन तम्तयार भए। खुलामञ्च ढलान गरेर बसपार्क चलाए। पुरानो बसपार्कलाई पुरानै ठाउँमा व्यवस्थित गर्न सकिन्थ्यो, उनले त्यहाँ २२ तले टावर उभ्याउन खोजे।

सुन्धारा र धरहरा क्षेत्रलाई प्राचीन स्वरूपमा जीवित राख्नु त कता हो कता, त्यहाँ ‘झिल्के टावर’ को जग खनिँदा पनि चुइँक्क बोलेनन्।

सबभन्दा बढी त, काठमाडौंको धूलोधुवाँ नियन्त्रण गर्न माखो मारेनन्। काठमाडौंका प्राचीन सम्पदालाई पुनर्जीवन दिएर ‘सम्पदा नगर’ का रूपमा ब्युँताउन पनि उनी ठ्याम्मै असफल भए।

प्रकाशित मिति: : 2019-11-01 19:23:23

प्रतिकृया दिनुहोस्