अखिल नेतालाई बलात्कारको आरोपः पीडित युवतीले न्याय नपाए आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

तस्बिरः बिएल

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई नेपाल विद्यार्थी संघले कडाभन्दा कडा कार्बाही गर्न माग गरेको छ ।

नेविसंघ आरआर इकाई समितिका सभापति सन्जिव ढकाल र सचीव अनुराग शाहले शुक्रबार सयुक्त विज्ञाप्ति निकाल्दै कारबाहीको माग गरेका हुन् ।

यो पनि

बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य राई पक्राउ

सत्ताको धाक दिँदै अखिलका नेताले गरे युवतीमाथि बलात्कार

अखिल नेतालाई बलात्कारको आरोपः म्याद थपको लागि अदालत लगिदै

सत्तारुढ नेकपा निकट राईले १८ बर्षिय अबोध किशोरीमाथी गरेको जबर्जस्ति करणीको घटनाले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरेको छ।

'विद्यार्थीहरुको हक अधिकारका लागि लड्ने संस्थाकै जिम्मेवार ब्यक्तिबाट यस्ता अपराधीक तथा घृणित कार्यले सम्पुर्ण विद्यार्थी राजनीतिलाई लज्जित बनाएको छ ।,' विज्ञाप्तिमा भनिएको छ' ,'यस्ता घृणित कार्यको नेविसंघ आरआर इकाईले घोर भत्सर्ना गर्दछ ।'

नेविसंघले राईलाई नेपालको प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कार्बाहीको माग गर्दै पीडितलाई उचित न्याय दिलाउन समेत नेपाल सरकारसँग माग गरेको छ । पीडित युवतीले यदि न्याय नपाए नेविसंघ आरआर इकाई आन्दोलन मैदानमा उत्रन बाध्य हुने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-01 11:49:25

प्रतिकृया दिनुहोस्