नेपालीको अमेरिकी सपना साकार पार्ने एक जबर्जस्त माध्यममा रूपमा रहेको डीभी भर्न यसपालि पहिलाजस्तो उत्साहप्रद सहभगिता रहेन । अमेरिकी सरकारले डीभी भर्न पासपोर्ट अनिवार्य गरेपछि यसको आकर्षण पहिलेजस्तो नरहेको बताइन्छ ।
यो प्रावधानले दुईवटा असजिला सिर्जना गरिदिदा डीभी भर्नेहरूको संख्या विगतको भन्दा आधा पनि रहेन ।
पहिलो, पासपार्ट अनिवार्य हुँदा यसले कम्तीमा पनि अरू १० हजार खर्च बढाइदियो । यो खर्च बढ्दा प्लस टू सकेको वेरोजगार पुस्ताले सित्तैमा भाग्य अज्माउदै आएको यो खेलमा त्यो पुस्ताको सहभागिता न्युन रह्यो । यो संख्या कटौती हुने बित्तिकै डीभी क्रेन अप्रत्यासित रूपमा घट्यो ।
हुन त नेपालमा डीभी भर्नका लागि पासपोर्ट बनाउने भींडको समाचार पनि बाक्लै संख्यामा आएकै हो । तर, त्यो संख्या विगतमा देखिएको 'डीभी क्रेज' कायम राख्न पर्याप्त थिएन ।
दोस्रो, डिभी भरेर नपर्नेहरूको सूचना अमेरिकी दूताबाससँग हुने र त्यसको आधारमा उनीहरूले अरू कुनै पनि किसिमको अमेरिकी भिसा पाउँने सम्भावना लगभग शुन्य रह्यो । अमेरिका भिसा पाउन कन्सुलरलाई त्यहाँ स्थायी रूपमा नबस्ने विश्वास दिलाउनुपर्छ । जब, डीभी नै भरेको छ भने ऊ अमेरिकाबाट फर्केर आउने सम्भावना कम हुन्छ भनेर अमेरिकी दूताबासका एक कन्सुलरले नै बताइदिए ।
सन् २०२१ का लागि अमेरिकी डी भी लोटरी भर्ने समय अब पाँच दिन मात्र बाँकि छ । नेपाली समय अनुसार नोभेम्बर ५ तारिख मंगलबार बेलुका पौने १० बजेसम्म मात्र डिभी लोटरी भर्न सकिन्छ ।
यसैबीच काठमाडौंस्थित अमेरिकी दूताबासले समयमै डिभी लोटरी भर्न सुझाव दिएको छ । उसले अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध नै गरेको छ ।
...............
अमेरिकी दूताबास काठमाडौले आफ्नो आधिकारिक वेभसाइटमा राखेको महत्वपूर्ण जानकारी :
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।
डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा उपलब्ध छ ।