फिलिपिन्सका दक्षिण क्षेत्रमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेले मिन्दानाओ द्वीपलाई केन्द्रबिन्दु बनाएर भूकम्प ६ दशमलव ८ म्याग्निच्युटको भएको जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु किसान्ते नगर नजिकै भएको डाभाओ शहरबाट करिब एक सय किलोमिटर टाढा रहेको बताइएको छ ।
प्रशान्त महासागर क्षेत्रको भौगर्भिक रुपमा सक्रिय रिङ अफ फायर क्षेत्रमा रहेको फिलिन्पिसमा भूकम्प निरन्तर जाने गरेको छ ।
यसअघि मंगलबार पनि उक्त क्षेत्रमा भूकम्प गएको थियो ।