भत्किएको बालगोपालेश्वर मन्दिर बाहिरै भाइटीका

फाइल तस्बिर:बिएल

दाजुभाइ दिदी बहिनी नहुनेहरुले मंगलबार काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन् ।

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा आदि २०७२ सालको भूकम्पका कारण भत्किएकोले बाहिरै टीका लगाइँदै छ ।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

रानीपोखरीमा मंगलबार बिहान ७ बजेदेखि बेलुकी साढे सात बजेसम्म पूजा गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-29 08:38:28

प्रतिकृया दिनुहोस्