चितवनको कौडाखालमा प्रहरीको छापाः ३२ जना पक्राउ, ६ लाख बरामद

फाइल तस्बिर:बिएल

चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका–१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो ।

महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो । त्यहाँ कौडा खेलिरहेका १२ जना ३ लाख ८४ हजार एक सय रुपैयाँ रुपैयाँसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी चितवनकै खैरहनी नगरपालिका–१ सिमलघारीको एक खालि घरमा कौडा खेलिरहेका २० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको छ ।


पक्राउ परेकाहरुको नामावली यसप्रकार छ-

जिप्रका चितवनको नियन्त्रणमा रहेकाहरु

१. भरतपुर ८ बस्ने वर्ष ४२ को कुलबहादुर भुजेल
२. भरतपुर १५ बस्ने वर्ष ३५ को किशन बहादुर आले
३. भरतपुर १४ बस्ने वर्ष ४४ को मदन हरि अधिकारी
४. भरतपुर १४ बस्ने वर्ष ५१ को सुशिल सिलवाल
५. भरतपुर ६ बस्ने वर्ष ५० को कृष्ण हरि धिताल
६. भरतपुर ८ बस्ने वर्ष ३८ को विष्णु प्रसाद देवकोटा
७. भरतपुर १५ बस्ने वर्ष ३० को सागर पौडेल
८. भरतपुर १४ बस्ने वर्ष ४९ को हरि प्रसाद पौडेल
९. भरतपुर १४ बस्ने वर्ष ४६ को अन्तराज पोख्रेल
१०. भरतपुर १४ बस्ने वर्ष ५४ को अनन्त अधिकारी
११. भरतपुर १५ बस्ने वर्ष २६ को जलन मगर
१२. बर्दियाको बाँसबारी बस्ने वर्ष ४४ को रामबहादुर घर्ती

खैरहनी प्रहरीको नियन्त्रणमा रहेकाहरु

१. खैरहनी न.पा.१ बस्ने वर्ष ३८ को अर्जुन डल्लाकोटी
२. खैरहनी न.पा.१ बस्ने वर्ष ४८ को कुमार डल्लाकोटी
३. खैरहनी न.पा.१ बस्ने वर्ष ४५ को सुरेश सुबेदी
४. खैरहनी न.पा.१ बस्ने वर्ष ४४ को राजाराम पन्त
५. खैरहनी न.पा.१ बस्ने वर्ष ४८ को मुकुन्दसेन कार्की
६. खैरहनी न.पा.१ बस्ने वर्ष २३ को मिलन सुनार
७. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को ध्रुव गिरी
८. खैरहनी न.पा.१ बस्ने वर्ष ३१ को अर्जुन थापा
९. खैरहनी न.पा.१ बस्ने वर्ष ३४ को उमेश सुनार
१०. खैरहनी न.पा.१ बस्ने वर्ष ३९ को राजेन्द्र अर्याल
११. खैरहनी न.पा.१ बस्ने वर्ष ३४ को अर्जिन वि.क.
१२. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को प्रदीप पाठक
१३. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को बिशाल राना
१४. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को जीवन बि.क.
१५. खैरहनी न.पा.१ बस्ने वर्ष ४३ को प्रेम थापा
१६. खैरहनी न.पा.१ बस्ने वर्ष ५२ को छोउ थापा
१७. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को सुमन रोक्का
१८. खैरहनी न.पा.१ बस्ने वर्ष ४० को अर्जुन पुरी
१९. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को सन्तोष साह
२०. खैरहनी न.पा.१ बस्ने वर्ष ४५ को रामप्रसाद डल्लाकोटी

प्रकाशित मिति: : 2019-10-28 11:22:46

प्रतिकृया दिनुहोस्