जिल्ला प्रशासन कार्यालयले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न निर्देशन दिएको छ । राति अबेरसम्म देउसीभैलो खेल्दा शान्ति सुव्यवस्थामा असर पुग्ने भएकाले प्रशासनले उक्त समयसीमा तोकेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उत्तम शर्माले वीरेन्द्रनगरमा राति अबेरसम्म देउसीभैलो खेल्न अनुमति दिँदा प्रहरीलाई सुरक्षा प्रदान गर्न मुस्किल हुने बताए । “देउसीभैलोका नाममा जबर्जस्ती रकम सङ्कलन र ध्वनि प्रदूषण गर्न पाइन्न”, उनले भने ।
स्थानीय प्रशासनको निर्देशनलाई अटेर गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिनेछ । प्रहरी नायब उपरीक्षक रवि रावलले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले गस्ती बढाएको बताए ।