चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते

फाइल तस्बिर

चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा गैँडाको आक्रमणबाट शनिबार बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् ।

बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-26 19:54:23

प्रतिकृया दिनुहोस्