ब्राजिली स्टार नेयमार राष्ट्रिय टोलीबाट बाहिरएका छन्।
ब्राजिलले अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको राष्ट्रिय टोलीबाट उनि बाहिरीएका हुन् । ब्राजिलले नोभेम्बरमा अर्जेन्टिना र कोरियासँग खेल्दैछ ।
नाईजेरियविरुद्वको खेलमा चोट बोकेका नेयमार केही हप्ता मैदान रहने पक्का भएको थियो ।सोही कारण उनले अर्जेन्टिनाविरुद्वको मैत्रीपूर्ण खेल गुमाउने अवस्था आएको हो ।
ब्राजिली टोलीमा गोलकिपर एलिसनले पुनरागमन गरेका छन् ।
उनी चोटका कारण टोली बाहिर रहेका थिए ।यता रोड्रिगो पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।
त्यस्तै,अल्भेस, एभर्टन र एलान समेत टोलीमा समावेश भएका छन् ।
तर,भिनिसियस जुनियर टोलीमा अटाएनन् ।