अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले म्यानमारको यू-२२ टिमसँग बराबरी खेलेको छ ।
कतारको दोहामा शुक्रबार राति भएको मैत्रीपूर्णमा नेपालले म्यानमारसँग २-२ गोलको बराबरी खेलेको हो ।
नेपालले खेलको दोस्रो मिनेटमा अनन्त तामाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।तर, खेलको ४० औं मिनेटमा म्यानमारका लिविन मोए अङले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि नेपालले अग्रता बनायो ।खेलको ६० औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै २-१ को अग्रता दिलाए
तर, खेलको ६४ औं मिनेटमा लिविनले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई २-२ गोलको बराबरीमा फर्काए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलको हो ।