अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसकै प्रभावका कारण नेपालको पुर्वी तथा मध्य भुभागको मौसममा आंसिक देखि सामान्य बदलि भइरहेको छ ।
बिहीबार अरब सागमार क्यार चक्रवात देखिएको हो। जसको प्रभाव भारत, बंगलादेश र पाकिस्तानमा परेको छ। भारतको दक्षिणी क्षेत्रमा वर्षा भइरहेको छ।
चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश १ र प्रदेश ३ का हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकोे अनुमान गरिएको छ । चक्रवातको आंशिक मात्रै प्रभाव भएकाले ठूलो हावाहुरीसहित वर्षा हुने सम्भावना भने छैन ।
हाल अरब सागरमा बनेको "क्यार" नामक चक्रबात (Kyarr Cyclone) को आंशिक प्रभाब नेपालमा पनि परेको छ । जसको कारण प्रदेश न. १ ,२,र ३,मा सामान्य देखि पूर्ण बदलि रहेको छ। यसको प्रभाबले , नेपालमा हल्का वर्षाको मात्र सम्भावाना रहेको छ । बाकी भूभागहरुमा मौसम सामन्यतया सफा रहेको छ । pic.twitter.com/KcoAvzuye4
— Nepal Weather Forecast (@DHM_Weather) October 25, 2019
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक ८ गते (शुक्रबार)
दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रहने तथा पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ । पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भुभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
राती: देशका मध्य तथा पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रहने तथा पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ । पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कार्तिक ९ गते(शनिबार )
दिउँसो : देशभरी आंसिक बदलि देखि सामान्यतया सफा रहनेछ।
राती: देशको पुर्वी भुभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक१० गते(आइतबार )
दिउँसो : देशको पहाडी भुभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भुभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।