विप्लवका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ

फाइल तस्बिर

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो ।

प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-25 11:50:38

प्रतिकृया दिनुहोस्