नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’लाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।
'हामी यस्तै त हो नी ब्रो' गितबाट चर्चा आएका भिटेनलाई बिहीबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको थियो ।
'गितमा प्रहरीलाई डन्ठेदेखि लिएर अश्लिल गाली गरेको पाइयो।' महाशाखाका एसएसपी सहकुल थापाले भने।
पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।
प्रहरीले केही दिनअघि मात्र 'बीच बीचमा' बोलको गित गाएर चर्चामा आएका दुर्गेश थापालाई मंगलबार नियन्त्रणमा लिएको थियो।
रिलिज गरेको पछिल्लो 'ह्यापी तिहार' नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए। उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए।