चाबहिलस्थित मूल सडकै घर भत्किएको छ। चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा बुधबार दिउँसो भत्किएको उक्त घरमा मानिस पुरिएको समेत आशंका गरिएको छ।
भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए।
केही दिनअघिबाट क्रेन प्रयोगगरी चारतले पुरानो घर भत्काउन थालिएको थियो। तर, आज भत्काउन थालिएको उक्त ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ। केही घाइते मजदुरलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।