बिएल संवाददाता
धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन्। धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन्।
पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब, बिएस— १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले खेलमा भएका सबै आठ गोल दोस्रो हाफमा बनाएका हुन्।
स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे। दोस्रो हाफको ११औँ मिनेटमा आफ्नो टिमका लागि खाता खोलेका कप्तान कुवेरले २१औँ मिनेटमा दोस्रो तथा २९औँ मिनेटमा तेस्रो गोलसँगै ह्याट्रिक गरेका हुन।
स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे। प्रदीपले दोस्रो हाफको १५औँ र ३२ मिनेटमा गोल गरे। विनोदले भने खेलको ४१औँ मिनेटमा गोल गरेका हुन्। बिएस—१५ स्पोर्टस् एकेडेमीका लागि विदेशी खेलाडीद्वय गुइलामे डिनले दोस्रो हाफको ४०आँैं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरेका थिए।
प्रतियोगिताको दोस्रो ह्याट्रिकसहित हालसम्म चार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका स्टार सिटीका कुवेरसिंहले ‘म्यान अफ द म्याच’ घोषित भई रु पाँच हजारसहित ट्रफी पाएका थिए।
आजै भएको दोस्रो सेमिफाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको इलाइट युवा क्लबले पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। इलाइटले आयोजक फारवेष्ट पशुपतिलाई ३–० गोलले पराजित गरेको हो।
इलाइटका लागि विनोद केसी, भूपेन्द्र शाही र योहन्ना चौधरीले एक/एक गोल गरे। पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै विनोदले इलाइटलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलले अगाडि रहेको इलाइटले दोस्रो हाफमा गोल थप्यो। दोस्रो हाफको ८औँ मिनेटमा भूपेन्द्र र ३४औँ मिनेटमा योहन्नाले गोल गरे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका इलाइटका भूपेन्द्र शाही ‘म्यान अफ द म्याच’ भए। उनले रु पाँच हजारसहित ट्रफी प्राप्त गरे। आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोलीको सहभागिता छ। प्रतियोगितामा विजयी हुने टोलीले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार प्राप्त गर्नेछन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया