बिएल संवाददाता
पाेखरालाई हराउँदै ललितपुर सिटि नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ।
बिहिबार त्रिपुरेशवरस्थित दशरथ रगंशाला भएको एनएसएलकाे दोश्रो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हाे।
१० खेलाडी सिमित ललितपुरले पाेखरालाई अतिरिक्त समयमा जित्न सफल रहयाे। खेलकाे ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाउँदै बाहिरिएका थिए। खेलकाे ४५ औं मिनेटमा पाेखराबिरुध ललितपुरले अग्रता लिएकाे थियाे।
ललितपुरकाे लागि खेलकाे इमोह इजेकेलले पहिलाे सफलता दिलाएका थिए। पाेखराले ७१औं मिनेटमा खेललाई बराबरीमा लयाएकाे थियाे। पाेखरका लागि पापा कोजो एनोरले गाेल गरे। निर्धारित ९० मिनेटमा खेल १-१ गोलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो।
खेलको ९९ औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई सफलता दिलाए। उपाधिकाे लागि ललितपुरले शनिबार धनगढीकाे सामना गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया