
बिएल संवाददाता
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।
सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो। कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे। काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन। बिमला मलाहले ४ रन जोडिन। सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो। सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन। त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन। बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया