बिएल संवाददाता
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ।
पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए।
बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनी पहिलो हाफ १-१ बराबरीमा सकिएको थियो। दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो।
पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो।
जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया