बिएल संवाददाता
बंगलादेश एसिसी यू-१९ एसिया कपकाे च्याम्पियन बनेकाे छ। आइतबार आयाेजक युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेश पहिलाेपटक यू- १९ कप विजेता बनेकाे हाे।
२८२ रनकाे लक्ष्य पछ्याएकाे युएईलाई २४.५ ओभरमा ८७ रनमै अलआट गर्दै बंगलादेश एसिया कपकाे च्याम्पियन बन्न सफल भयाे।
बंगलादेशकाे कसिलाे बलिङ र फिल्डिङकाे अघि युएईका कुनै पनि राम्राेसँग चल्न सकेनन्।
युएईका ध्रुब पराशारले २५ तथा अक्षत राईले ११ रन बनाउनुबाहेक अन्य कसैले पनि दाेहाेराे अंक बटुल्न सकेनन्।
बंगलादेशका मारिफ मृधा तथा राेहनत दाेउल्लाह बाेरसनले ३-३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएकाे थियाे।
बंगलादेशका अशिउर रहमन शिब्लीले शतक तथा चाैधरी माेहमद् रिजवान र अरिफुल इस्लामले अर्धशतक प्रहार गरे। १४९ बलकाे सामना गरेका रहमन शिब्लीले १२९ रन प्रहार गरेका थिए।
त्यस्तै रिजवानले ६० तथा अरिफुलले ५० रन प्रहार गरे। सेमिफाइनलमा बंगलादेशले भारतलाई तथा युएईले पाकिस्तानलाई पराजित गरेका थिए।
नेपाल भने एक खेल पनि जित्न नसकेर समूह चरणबाटै बाहिरिएकाे थियाे।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया